हेटौंडा – आहा रारा गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाईनल खेलमा मनाङ मस्र्याङदी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै एपीएफले उपाधि पहिलो पटक उपाधि कब्जा गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा मनाङलाई एपीएफले पेनाल्टीमा ५–४ गोल अन्तरले पराजित गरेको हो । यसअघि खेलको निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । विजेता एपीएफले १० लाख १ हजार रुपैयाँ र दोस्रो भएको मनाङले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।