काठमाण्डाै – आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब खेल्दैछन् । पोखरा रङ्गशालामा खेल दिउँसो दुई बजे सुरु हुनेछ । मनाङले आहा रारा गोल्डकप ६ पटक जितिसकेको छ । आज मनाङलाई हराएमा एपीएफ पहिलो पटक च्याम्पियन बन्नेछ ।
२०६४ सालमा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । सेमिफाइनलमा मच्छिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा पुगेको हो । त्यस्तै मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरी फाइनलको यात्रा तय गरेको हो । विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गएको ६ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक सहारा क्लबसहित १० टोली सहभागी थिए । आहा रारा गोल्ड कप मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता मानिन्छ ।