काठमाडौँ – नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित सङ्ख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल नेपालमा ९० हजार ६७ हजार जना सक्रिय संक्रमित रहेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले सक्रिय सङ्क्रमितमध्ये ८८ हजार २ सय ४८ संक्रमित भने होम आइसोलेसनमा रहेको जानकारी दिनुभयो । हाल संक्रमण पत्ता लाग्ने दर ९ टेस्ट पोजेटिभिटी रेट ० ४१ दशमलव १ प्रतिशत रहेको र यो दर अझै पनि अत्यधिक छ भनी पुष्टि हुने डा. पौडेलले बताउनुभयो । डा. पौडेलले सय जनाको नमूना परिक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि हुने भएकोले हालको अवस्था सङ्क्रमणको उत्कर्षमै रहेको बताउनुहुँदै सतर्कताका साथ स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउन सबैमा आग्रह समेत गर्नुभयो ।
आज देशभर ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । कुल २० हजार ३ सय ५९ नमूनाको परिक्षण गर्दा ८ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । आज काठमाडौँमा २ हजार ४१, ललितपुरमा ५ सय ६६ र भक्तपुरमा २ सय ९३ गरी काठमाडौँ उपत्यकामा २ हजार ९ सय जना संक्रमित थपिएका छन् । यस्तै आज ४ हजार ४ सय ३३ जना संक्रमित निको भएका छन् भने संक्रमित ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ७२ पुगेको छ ।