मकवानपुर – नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको आसन्न १३ औं जिल्ला अधिवेशन स्थगित भएको छ । संगठनको शनिबार बसेको भर्चुअल बैठकले जिल्लामा कोरोना भाइरसको संक्रमण बढेको हुँदा स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै अधिवेशन स्थगित गरेको हो ।
माघ १३ र १४ गते अधिवेशन गर्ने पूर्वघोषित तालिका बमोजिम १० वटै स्थानीय तहहरु तयार रहेपनि कोरोना जोखिम बढ्दै गएपछि स्थगित गरिएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो । जिल्ला समितिका पदाधिकारी सहित संगठनमा आवद्ध शिक्षकहरु कोरोनाबाट प्रभावित भएकाले हाललाई अधिवेशन स्थगन गरिएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश सचिवालय सदस्य मोहन प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल सभाध्यक्षतामा भर्चुअल बैठकल भएको थियो । कार्यक्रममा संगठनकी उपाध्यक्ष लक्ष्मी गजुरेल, कार्यवाहक सचिव प्रतिमा गौतम, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।