मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि आफ्नो कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने जनाएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै माघ ९ गते आइतबारबाट माघ १४ गते शुक्रबारसम्मलाई अत्यावश्यक बाहेकका सम्पूण सेवा बन्द गर्ने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेले शुक्रबार विज्ञप्ति जारी गर्नुहुँदै नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबाल परिचय पत्र, राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरिएको जानकारी गराउनुभएको छ । कार्यालयका कर्मचारीहरु समेत कोरोना संक्रमित हुन गई उपचार एवम् होम आइसोलेसनमा रहेकोहुँदा सेवाग्राहीको चापलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको सहायक प्रजिअ गैह्रेले बताउनुभयो । शान्ति सुरक्षा, विपद्, मुद्धा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा भने नियमित हुने उहाँले बताउनुभयो ।