हेटौंडा – कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कोरोना भाइरस संक्रमणको दर बढेसँगै सरकारलाइ विभिन्न सिफारीस गरेको छ । आज बसेको सीसीएमसीको बैठकले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । यस्तै बैठकले बढी भिडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न सिफारिस गरेको छ । यस्तै राजनीतिक दललाई भिडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सव लगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ । कोरोनाको नयाँ प्रजाति आमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएपछि सिसिएमसीका तर्फबाट त्यस्तो सिफारिस भएको हो ।
हेर्नुहोस सिफारिसकाे पूर्णपाठ