मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटीको ११औं जिल्ला अधिवेशनमा एकालाल श्रेष्ठको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । आईतबार (आज) सम्पन्न अधिवेशनले एमाले मकवानपुर जिल्ला अध्यक्षमा एकालाल श्रेष्ठ, उपाध्यक्षमा लाल बहादुर थापा, सचिवमा नविन सिग्देल उपसचिवमा हिदम लामा र सिता विष्टलाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक अर्जुन अर्यालले जानकारी दिनुभयो । बन्दसत्रभन्दा बाहिर बसेको केन्द्रीय नेतासमेतको टोलीले छलफल गरी तय गरेको नाम सर्वसम्मत रुपमा पारित भएको हो । ११ अधिवेशनबाट पदाधिकारीसहित १ सय ५ जना सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

११‌औं जिल्ला अधिवेशनबाट निर्वाचितहरुकाे नामावली