हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यका लागि ४९ जना सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् । जिल्लाको थाहा नगरपालिका,बागमती,बकैया,मकवानपुरगढी,भीमफेदी,राक्सिराङ, र इन्द्रसरोवर गाउँपालिकामा खुल्ला तथा महिला गरि तोकिएका सदस्यहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि भौगोलिक क्षेत्र, जनजाती,मुस्लिम र अल्पसंख्यक महिला,मजदुर तर्फ गरेर ४९ जना जिल्ला सदस्यका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
शुक्रबारबाट सुरु भएको एमाले मकवानपुरको जिल्ला अधिवेशनले अध्यक्ष,उपाध्यक्ष,सचिव र दुई उपसचिव एक अनिवार्य महिला गरेर १ सय ५ सदस्सीय जिल्ला कमिटी बनाउँदै छ । सर्वसम्मत पदाधिकारी चयनको प्रयास जारी रहेकोले बन्दसत्र आईतबार बिहानको लागिसम्म स्थगित गरिएको एमाले मकवानपुरले जनाएको छ । हालसम्म ४९ जना जिल्ला सदस्य निर्विरोध निर्वाचित भईसकेका छन् । आईतबार बिहान हेटौंडा–५ स्थित जिल्ला पार्टी कार्यलयमा बस्ने बन्दसत्रले जिल्ला कमिटीको पदाधिकारी चयन गर्ने बतार्ईएको छ ।
यि हुन् नेकपा एमाले मकवानपुरको जिल्ला सदस्यमा निर्विरोध निर्वाचित हुने सदस्यहरु
थाहा नगरपालिको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
युवराज गोले
सुरेन्द्रमान प्रदान
शिबराम थापा
हरी गोपाली
महिला तर्फ
कल्पना बलामी
सुनिता दोङ
बागमती गाउँपालिका को भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
कमल राई
जय बहादुर वाईवा
मंगल रखाल
मदन कुमार दुरुङच्याङ
महिला तर्फ
धनमाया स्याङतान
बकैया गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
कृष्ण प्रसाद चौलागाई
बेल प्रसाद दाहाल
राम बहादुर गोले
राम बहादुर मोक्तान
महिला तर्फ
निरमाया भोम्जन
सरला बोलखे
मकवानपुरगढी गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबा
मेम्मर लो
बिदुर हुमागाई
हरि प्रसाद कडेल
महिला तर्फ
रमिला तामाङ
भीमफेदी गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
जहार सिंह लामा
द्रोणभ्रद पुडासैनी
प्रकाश पुडासैनी
सुरेन्द्र बहादुर थिके
महिला तर्फ
पञ्चमाया स्याङतान
राक्सिराङ गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
बाबुराम स्याङतान
मान बहादुर वाईवा
संञ्चय कोईराला
सिंगलाल चेपाङ
महिला तर्फ
सुन्तली माया प्रजा
इन्द्रसरोबर गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
ऋषि पुडासैनी
बुद्धिराम डिम्डुङ
महिला तर्फ
रेशम कुमारी घिसिङ
हेटौंडा उपमहानगरपालिकाको भौगोलिक क्षेत्र महिला तर्फबाट
दुर्गा नेपाल
विना वाईवा थिङ
रेखा खतिवडा
सरस्वती दाहाल
मनहरी गाउँपालिकाको भौगोलिक क्षेत्र महिला तर्फबाट
बिमला कार्की
कैलाश गाउँपालिकाको भौगोलिक क्षेत्र महिला तर्फबाट
सुकुमाया थिङ
जनजाती,मुस्लिम र अल्पसंख्यकको महिला तर्फबाट
जानकी चौधरी
प्रतिमा श्रेष्ठ
मजदुर तर्फबाट
अर्जुन ढुङ्गेल
धर्म बस्नेत
विक्रम लामा
लालकृष्ण प्याकुरेल
महिला तर्फ
गीता कार्की पुर्ण