file photo

काठमाण्डाै – राष्ट्रिय सभाकाे बैठक यही पुस २७ बस्ने भएकाे छ । यही २५ गते आइतवार दिउँसाे १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक विशेष कारणवश त्यस दिन नहुने भएको छ । बैठक यही पुस २७ गते मङ्गलवार दिउँसाे १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले याे बैठक निर्धारण गर्नुभएको हो ।