मकवानपुर – नेकपा एमाले मकवानपुरको ११औं जिल्ला अधिवेशन हेटौंडामा भइरहेको छ । अधिवेशनको नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले उद्घाटन् गर्नुभयो । अधिवेशनका क्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृृष्ण प्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाललगायत अन्य प्रदेश सदस्य, जिल्लाका नेताहरु लगायतकाले शुभकामना व्यक्त गर्नु भएको थियो ।

