मकवानपुर – मकवानपुरमा स्वास्थ्य क्षेत्रमा सञ्चालन हुने कार्यक्रमहरुका विषयमा बिहीबार अन्तकृया भएको छ । स्वास्थय कार्यालय मकवानपुरको आयोजनामा जिल्लाका स्थानीयतहका प्रमुख÷उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरुसंग स्वास्थ्य क्षेत्रमा आइपर्ने जटिलता तथा स्वास्थय कार्यालयले सञ्चालन गर्ने कार्यक्रमहरुका विषयमा अन्तरकृया भएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरले संचालन गर्ने कार्यक्रम र स्थानीय तहमा संचालित कार्यक्रमका विषयमा छलफल भएको थियो । कार्यक्रममा कार्यालय प्रमुख प्रणय उपाध्याय र सुचना अधिकारी एवम् जनस्वास्थ्य निरिक्षक लक्ष्मण घिमिरे प्रस्तुति समेत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख उपाध्यायले आधारभुत स्वास्थ्य सेवाः औचित्य रआवश्यकताका विषयमा र सुचना अधिकारी घिमिरेले स्वास्थ्य सम्बन्धी हक र स्थानीय सरकारको भुमिका तथा मकवानपुर जिल्लाको अवस्थितीका बारमा प्रस्तुति गर्नु भएको थियो ।

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, गढी गाउँपािलकाका अध्यक्ष बिदुर हुमागाई, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, कैलाश गाउँपालिकाका कार्यबाहक अध्यक्ष सुकुमाया थिङ, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पाबर्ती राना, ईन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष उमा लामा, बागमती गाउँपालिकाका उपाध्यक्ष धनमाया स्याङतान, मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्टलगायतको उपस्थिती थियो ।