मकवानपुर – मकवानपुरका स्थानीय तहहरुले लैङिगक हिंसा सम्बन्धी जनचेतना मुलक तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र सल्लाहाकार समितिको आज बसेको बैठकमा स्थानीय तहका उपप्रमुखहरुले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् सल्लाहाकार समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका उपप्रमुखहरुसंगको परामर्शमा आवश्यक्ताका आधारमा स्थानीय तहमा जनचेतना मुलक तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो । यस्तै बैठकमा एकद्धार संकट व्यवस्थापन केन्द्रले २०७८÷०७९को पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका बैठकले अनुमोदन गरेको थियो । यस्तै चालु आर्थिक वषृको खच समेत अनुमोदन गर्ने निर्णय गरेको खुलालले बताउनुभयो ।
बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, कैलाश गाउँपालिकाका कार्यबाहक अध्यक्ष सुकुमाया थिङ, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पाबर्ती राना, ईन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष उमा लामा, बागमती गाउँपालिकाका उपाध्यक्ष धनमाया स्याङतान, मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्टलगायतको उपस्थिती थियो ।