मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भ्रष्टाचार नियन्त्रणका लागि सकारात्मक र सामुहिक प्रतिवद्धता जरुरी रहेको बताउनु भएको छ । भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा बिहबिार हेटौंडामा आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन विषयक जिल्ला स्तरीय अन्तरकृया कार्यक्रममा उहाँले सबैको सकारात्मक प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण हुने बताउनुभयो ।

प्रमुख खुलालले भ्रष्टाचा निवारणका लागि मनै देखिको चाहाना हुनुपर्ने बताउनुभयो । उहाँले औपचारीक प्रतिबद्धता एउटा पक्ष भएको भन्दै अन्तर आत्मा देखिको जागरुकता समेत जरुरी रहेको बताउनुभयो । उहाँले सबै सकारात्मक भएर लागेमा भ्रष्टाचार न्यनिकरण गर्न सकिने बताउनुभयो । उहाँले मनै देखि भ्रष्टाचार नियन्त्रणमा लाग्छु भन्ने प्रणसहित भ्रष्टाचार नियन्त्रण अभियानमा लाग्न समेत सबैलाई अनुरोध गर्नुभयो । प्रमुख खुलालले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन तथा राजनैतिक प्रणालीमा समेत सुधारको खाँचो रहेको औल्याउनुभयो ।

‘हाम्रो अधिकार, हाम्रो भूमिकाः भ्रष्टाचार नगर्नु, नगराउनु’ भन्ने अन्र्तराष्ट्रिय नाराका साथ जिल्ला स्थित स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागितामा कायृक्रम भएको हो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडाका प्रमुख अर्जुन कुमार शर्माले भ्रष्टाचार र अख्तियार दुरुपयोग अनुस्.धान आयोगको भुमिका विषयमा प्रस्तुति गर्नुभएको थियो । भने, उपसचिव विष्णु प्रसाद साकोटाले स्थानीय तहसंग सम्बन्धीत उजुरीको प्रवृति र सुशासन प्रवर्धनमा स्थानीय तहको भुमिका विषक प्रस्तुति गर्नु भएको थियो ।

अख्तियार हेटौंडाका प्रमुख शर्माको अध्यक्षता एवम् जिसस प्रमुख खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिसस उपप्रमुख भगतवी पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामासहित मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता थियो । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस हरेक बर्ष डिसेम्बर ९ तारिखमा मनाउँने गरिन्छ ।