चितवन – नेकपा एमालेको सात सचिव निर्वाचित हुनुभएको छ । सौराहामा सम्पन्न महाधिवेशनमा निर्वाचनको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित हुनुभएको हो । उहाँहरु सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएको उम्मेदवार हो । छुट्टै उम्मेदवारी दिनु भएका भीम आचार्य र टंक कार्की भने पराजित भएको छ ।