हेटौंडा- हेटौंडा-५ को पिप्ले रंगशालामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा आज फाइनल प्रवेशको लगि पहिलो खेल हुँदै छ । खेल अपरान्न ४ बजे घरेलु टोली विजय युथ क्लब हेटौंडा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।विजेता टोलिले जेठ ३० गते हुने फाइनल खेलमा प्रवेश पाउनेछ । बिहिबार बिहान नवजनजागृती युवा क्लव सिमरालाई ३-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली हेटौंडा सेमिफाईनलमा प्रवेश गरेको थियो । यसैगरि,दोस्रो सेमिफाइनल खेल भोलि अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र त्रिभुवन आर्मी क्लबबीच हुँदै छ । ३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।