मकवानपुर – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि मकवानपुरमा सर्वसममत रुपमा प्रतिधिनि छनौट भएको छ । एक जना दलित कोटासहित १७ जना प्रतिनिधिका लागि ७३ जनाको उमेद्वारी परेकोमा अन्यले ५६ जनाले उमेद्वारी फिर्ता लिएपछि सर्वसममत रुपमा १७ जना प्रतिनिधि चुनिएको एमाले मकवानपुरले जनाएको छ ।
उमेद्वारी दर्ता पछि पार्टी कार्यालयमा बसेको बैठकमा एमाले बागमती प्रदेश सदस्य रघुनाथ खुलालले सहमतिका लागि उमेद्वारी फिर्ता गरेर सहमति जुटाउनुभएको हो । सहमतिका लागि नेता खुलालले उमेद्वारी फिर्ता लिनुभए पश्चात सहमति जुटेको एमाले मकवानपुरले जनाकारी दिएको छ ।
९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट यो पटक राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित कोटा सहित १७ जना प्रतिनिधि हुने व्यवस्था थियो । जिल्लाको क्षेत्र नम्बर १ र २ बाट कम्तिमा २÷२ जना महिला (अनिवार्य) सहित ६÷६ जना (खुल्ला कोटा) गरि १६ जना र जिल्ला भरीबाट एक जना दलित प्रतिनिधिसहित १७ जना प्रतिनिधि हुने व्यवस्था थियो । १७ जना प्रतिनिधिको लागि क्षेत्र नंबर १ मा ८ जना प्रतिनिधि खुल्ला कोटामा ३१ जना पुरुषको र २ जना महिला अनिवार्य कोटामा १० जना महिलाको उम्मेद्वारी परेको थियो , भने क्षेत्र नम्बर २ मा ८ जना प्रतिनिधि खुल्ला कोटामा २१ जना पुरुष र २ जना महिला कोटामा ८ जना महिलाको उम्मेद्वारी परेको छ । त्यसैगरि १ जना दलित प्रतिनिधि कोटामा ३ जनाको उम्मेद्वारी परेको थियो ।
सहमति अनुसार राष्ट्रिय महाधिवेशनमा मकवानपुर क्षेत्र नम्बर १ बाट कृष्ण दाहाल, रामचन्द्र राई, बद्री लम्साल, कमल विष्ट, वीर बहादुर घिसिङ (फुर्वा), फुर्वा दोर्जे लामा, जुनेली श्रेष्ठ र सिता विष्ट सर्वसम्मत रुपमा छनौट हुनुभएको छ । यस्तै क्षेत्र नम्बर २ बाट सुवास चन्द्र ठकुरी, एकलाल श्रेष्ठ, लाल बहादुर थापा, हिदम लामा, महेश बर्तोला बिण्णु प्रसाद ढकाल, वरिना बल र सुमित्रा काफ्ले चयन हुनुभएको छ । यसैगरि दलित कोटाबाट नारयण गजमेर सर्वसम्मत छानिनुभएको छ ।