काठमाठौं । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना सुरु हुने भएको छ । ९ मंसिरसम्म हुने जनगणनाको सम्पूर्ण तयारी पूरा भएको तथ्यांक विभागले जनाएको छ ।
विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठका अनुसार मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् । नेपालमा हरेक १०–१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको थियो । तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरे पनि कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि स्थगित गरिएको थियो ।