मकवानपुर – हेटौंडामा लहरी (लामो ट्रक) को ठक्करबाट एकजनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग स्थित हेटौंडा–११ नबलपुरमा लहरी गाडीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ७ ख ८८१ नम्बरको लहरी गाडीले बागमती प्रदेश ३–००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक हेटौंडा–१२ का २० बर्षीय सुशान्त पुडासैनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । प्रहरीले ट्रकका चालक लमजुङ घर भएका ४९ वर्षिया पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।