हेटौँडा – नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को अध्यक्षमा रामकृष्ण तिमल्सिना चयन हुनुभएको छ । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्दर्भमा हेटौँडा २ मा भएको अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ३४ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो ।
कमिटिमा उपाध्यक्ष मिन राज पौडेल, सचिब रेणु श्रेष्ठ (गरुङ्ग), उपसचिव राम प्रसाद ढोडारी र विषलाल खड्गी निर्बिरोध चयन हुनुभएको छ । अधिवेशनमा १०५ जना संगठित सदस्यको उस्पस्थिति रहेको थियो । अधिवेशन बागमती प्रदेश कमिटि सदस्य भोजराज ढकालको प्रमुख आतिथ्यता तथा जिल्ला सदस्य मदन दाहालको विशिष्ट अतिथियतामा सम्पन्न भएको हो ।