हेटौँडा – नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ को अध्यक्षमा माधव बर्तौला चयन हुनुभएको छ । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्दर्भमा हेटौँडा ३ मा अधिवेशनले बर्तौलाको अध्यक्षतामा वडा कमिटि गठन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा राजेन्द्र बर्तौला, सचिवमा बसन्तकुमार घलान, उपसचिवमा इन्दीरा थपलिया र देबेन्द्र बर्तौला चयन हुनुभएको छ । अधिवेशनमा विभिन्न पार्टी परित्याग गर्दै १ सय जना एमालेमा प्रवेश गरेका छन् । एमाले जिल्ला सचिवालय सदस्य फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको भेलालमा वडा अध्यक्ष रामकुमार पुडासैनीको विशेष आतिथ्यता रहेको थियो ।