हेटौँडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बगमती प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णयमा पहिलो हस्ताक्षर गर्नु भएको छ । आज विहान मुख्यमन्त्रीको सपथ लिएपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको संख्या कटौति गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा निर्माण गरिएको कार्यदलको निर्णयमा हस्ताक्षर गर्नु भएको हो । कार्यदलले १५ दिनभित्र प्रदिवेदन पेश गर्ने छ । पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै जम्कट्टेलले आम जनगुनासोलाई संवोधन गर्दै प्रदेशमा मन्त्रालयको संख्या कटौती गर्ने निर्णय गरिएको बताउनु भयो ।