हेटौँडा – नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नंबर १ को अध्यक्षमा उत्तमप्रसाद पौडेला चयन हुनुभएकाे छ । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्दर्भमा हेटौँडा १ मा भएको अधिवेशनले पौडेलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेकाे हाे ।
कमिटिको उपाध्यक्षमा जगतबहादुर थिंग, सचिवमा नारायण सुनुवार, उपसचिवमा रुपा ढुंगना र महम्वत सफिक चयन हुनु भएकाे छ । सदस्यहरुमा इन्साफ केसी, दिपक घिमिरे, अनिल काफ्ले, राजेन्द्र लामा, मायादेबी गौतम लगाएतका रहनुभएकाे छ । कार्यक्रम एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको होे ।