मकवानपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर जिल्ला कमिटिको आयोजनामा बिजया दशमी, शुभ दिपावलि तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष बिशाल पाैडेलको अध्यक्षता एवम् बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

मकवानपुर बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा बोल्नुहुँदै निर्वतमान मुख्यमन्त्री पौडेलले विद्यार्थीहरु समाजबाद उन्मुख हुदै अग्रगामी दिशामा बढ्नु पर्ने बताउनुभयो । समाज परिबर्तनमा युवा विधार्थीको महत्वपुर्ण भुमिका हुने बताउँदै उहाँले समाजमा रहेका विकृती विसंगती उन्मुलनमा समेत विद्यार्थीले हातेमालो गर्नुपर्ने बताउनुभयो । चाडपर्व बोझिलो बनाउन नहुने भन्नुहुँदै उहाँले चाडपर्वका नाममा हुने विकृती अन्त्य गर्न सहयोग पुग्ने जनचेतनामुलक काम गर्न विद्यार्थीहरुलाई सुझाव समेत दिनु भयो ।

शुभकामना आदान प्रदान कार्यक्रमा नेकपा एमालेका नेता एवम् बागमती प्रदेश सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, जिसस मकवानपुरका प्रमुख एवम् एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलाल, अनेरास्ववियु निबर्तमान केन्द्रिय कमिटी उपाध्यक्ष एवम् एमाले बागमती प्रदेश सदस्य महेश बर्तौला, एमाले जिल्ला अध्यक्ष बद्री लम्साल, सचिव एकालाल श्रेष्ठ, जिल्ला सदस्य एवम् हेटौंडा–४ का वडाअध्यक्ष नविन सिग्देल, क्याम्पस प्रमुख शंकर उपाध्यायलगायत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
