हेटौंडा – विजया दशमी, दीपवली, छठ पर्वको अवसरमा हेटौंडा उपमहानगरकोद्धारा आयोजित हेटौंडा रन प्रतियोगितामा हेटौंडा–१४ का डेबिट मिजार प्रथम भएका छन् । हेटौंडाको बुद्धचोकबाट क्याम्पाडाँडा सम्म भएको ६ किलोमिटर दौड प्रतियोगितामा ४२ प्रतिष्पर्धिलाई पछि पार्दै मजिार प्रथम भएका हुन् ।

प्रतियोगितामा हेटौंडा–१३ का अम्रित सुनार द्वितीय र हेटौंडा–१३ कै शशी प्रसाद विश्वकर्मा तृतीय भएका छन् । उनीहरुलाई हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रथम हुने मिजारले १५ हजार, द्वितीय भएका सुनारले १० हजार र तृतीय हुन सफल भएका विश्वकर्माले ७ हजार रुपैयाँ प्राप्त गरे ।