मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बुधबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत र छटपर्बलगायत चार्ड पर्वहरुको अवसरमा कार्यालयमा भव्य कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा मुख्यमन्त्री शाक्यले चार्डपर्व मनाउँदै गर्दा स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने बताउनुभएको छ । उहाँले संस्कृतिको जर्गेना गर्दै आफ्नो गक्ष र दक्ष अनुसार स्वास्थ्यको समेत ख्याल गर्दै चार्डपर्व मनाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री शाक्यले संस्कृतिको जर्गेना गर्दै सबैलाई सभ्य रुपले चाडपर्व मनाउनुपर्ने भन्दै उहाँले भड्कीलो, खर्चिलो रुपमा चाडपर्व नमनाएर परिवारसँग बसेर स्वास्थ्यको ख्याल गरेर पर्व मनाउन आव्हान गर्नुभयो ।

चार्डपर्बहरुले सामाजिक एकता कायम गरेको भन्दै कुनैपनि संस्कृति र संस्कार भित्र बिभेद गर्न नहुने वताउनुभयो । समानताको सुरुवात घरबाटनै गर्नका लागि आग्रह गर्नुहुँदै उहाँले भन्नुभयो–‘अहिलेको समयमा चार्डपर्बहरु धनीले मात्र मनाउने बन्दै गएकाले सबैले मान्न सक्ने वनाउनुपर्ने वताउनुभयो । हाम्रो संस्कृती भित्र रहेका विभेदकारी भावनालाई समय अनुसार परिमार्जित गदै हटाउदै अघि वढ्नु पर्ने उहाँको भनाई थियो । कार्यक्रममा बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश मन्त्री, राज्यमन्त्रीहरु, मन्त्रालयका सचिबहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, सरकारी÷गैरसरकारी कार्यालय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।