हेटौंडा – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजना एवम् मानव अधिकार समुह हेटौंडा उपमहानगरपालिकाको संयोजनमा शुक्रबार हेटौंडामा खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समुह हेटौंडा उपमहानगरपालिकाकी संयोजक चन्द्रवती पनेरुको सभाध्यक्षता एवम् २ नम्बर वडा सदस्य महेशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

May be an image of 15 people, including Chandra Wati Paneru Adhikari, people standing and indoor

कार्यक्रममा बोल्दै वडा सदस्य श्रेष्ठले खाद्य अधिकारका विषयमा उपभोक्ता चनाखो हुन जरुरी रहेको बताउनुभयो । उहाँले उपभोक्तले आफू पनि सामग्री खरीद गर्दा चनाखो हुनु पर्ने र ठगिनबाट जोगिनुपर्ने साथै त्यस्तो खालको कुनै गतिविधि भएमा जानकारी गराउनु पर्ने बताउनुभयो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडाले उपाभोक्तले सचेत भएर आफ्नो बानी व्यवहारलाई समेत सुधार गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा उपमहानगरपालिकाकी कृषि प्राविधिक रुपा खतिवडाले उपमहानगरपालिकाबाट खाद्यको अधिकारका विषयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिदै आएको र कृषकलाई प्रोत्साहित गर्ने खालको योजनाहरू सञ्चालित भइरहेको जानकारी गराउनुभयो ।
कार्यक्रमकी सहभागीपर्व नजिकिँदै गर्दा बजारमा मिति नाघेका सामग्रीहरु बिक्रि बितरण हुने गरेको, महंगी बढेको, खाद्य मिसावट हुने गरेको लगायत थुप्प्रै समस्याहरु हुने हुँदा त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए । उनिहरुले उपमहानगरपालिकाबाट दिईने सेवा सुविधिा तथा अनुदानहरुका विषयामा कृषकहरुले जानकारी नपाउने समस्या रहेको समेत बताएका थिए । कार्यक्रममा घरेलु तथा साना उद्योग संघका सदस्य गिता कडरीयालगायत मानव अधिकार समुहका सदस्य, उपभोक्तम एवम् सरोकारवालाको सहभागिता थियो ।