हेटौंडा । हेटौंडा अस्पतालमा निशुल्क मुटुरोग शिबिर संचालन हुने भएको छ । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाण्डौका मुटुरोग बिशेषज्ञबाट यही असोज १६ गते शनिबार अस्पतालमा शिबीर संचालन हुने भएको हो ।
मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आयोजनामा कार्यक्रम हुन लागेको हो । मुटुरोग सम्वन्धी ७ जना डाक्टर र ४ जना प्राबिधिक सहित ११ जनाको टिमले शिबीरमा आएका करिब पाँच सय जनालाई उपचार गर्ने जनाईएको छ । निशुल्क शिबीरमा मुटुरोगको परिक्षणसंगै ल्याबमा परिक्षण, औषधि समेत निशुल्क उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।