काठमान्डौं – जिल्ला समन्व्य समिति (जिसस) महासंघ बागमती प्रदेश कमिटीले महासंघको राष्ट्रिय परिषद बैठक भव्य रुपमा सफल पार्न आव्हान गरेको छ । महासंघ बागमती प्रदेश कमिटीको बिहीबार बसेको १४औं पूर्ण बैठकले भोली (शुक्रबार) राष्ट्रिय सभागृह, काठमाण्डौमा आयोजना हुने राष्ट्रिय परिषद बैठकलाई भव्य रुपमा सफल बनाउन ७७ वटै जिसस प्रतिनिधिलाइ आव्हान गर्ने निर्णय गरेको हो ।

जिसस महासंघ बागमती प्रदेश कमिटीका अध्यक्ष एवम् जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामाबिहीबार बसेको बैठकले कार्यक्रम भव्य रुपमा सफल बनाउने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्यमा हुने राष्ट्रिय परिषद बैठकलाई सभ्य, भव्य र मर्यादित ढंगबाट सम्पन्न गर्न बागमती प्रदेशबाट एवं ७७ वटै जिससबाट सहभागि सबै प्रतिनिधिलाई आव्हान गर्ने निर्णय गरिएको प्रमुख खुलालले बताउनुभयो । राष्ट्रिय परिषद बैठक राष्ट्रिय सभागृह, काठमाण्डौमा हुने उहाँले बताउनुभयो ।

महासंघको विधान अनुसार आयोजना गर्न लागिएको राष्ट्रिय परिषद बैठकबाट महासंघको कार्यसम्पादन र भावी कार्यक्रमको प्रस्तुति हुनुका साथै कार्यसमितिका कार्यहरुको अनुमोदन, महासंघ केन्द्र र प्रदेशमा नयाँ नेतृत्व चयन एवम् सम–सामयिक विषयमा छलफल तथा नयाँ नेतृत्वले भावी कार्ययोजना र प्राथमिकता धोषणा गर्ने उहाँले बताउनुभयो । बैठकमा जिसस महासंघका केन्द्रीय अध्यक्ष सिता सुन्दास, महासंघ बागमती प्रदेशका उपाध्यक्ष एवम् ललितपुर प्रमुख अमर बहादुर खड्का, महासंघ प्रवक्ता एवम् जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीलगायत १३ वटै जिससका प्रमुख÷उपप्रमुख तथा जिसस महासंघ बागमती प्रदेश कमिटीका सदस्यहरुको उपस्थिती थियो ।