हेटौंडा – नेकपा एमालेले बागमती प्रदेश कमिटीले पूर्णता पाएको छ । आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश कमिटी बनेको छ । कमिटीको इन्चार्जमा एमाले केन्द्रीय सदस्य रामवहादुर थापा बादल, सह–इन्चार्जहरुमा काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेल रहनुभएकाे छ ।