मकवानपुर । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिनुभएको छ । खनालले मन्त्री बनेको १५ दिन नपुग्दै राजीनामा दिनुभएको हो ।
एकीकृत समाजवादीका लागि हिजो सनाखत गर्नुभएका खनालले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाउनुभएको हो । एमाले विभाजनको अघिल्लो दिन मन्त्री बन्नुभएका खनाल विभाजनपछि एकीकृत समाजवादीको केन्द्रीय सदस्य हुनुहुन्छ । चितवनबाट निर्वाचित खनाल नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताउनुभएको छ ।