हेटौंडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले भाद्र १५ गते मंगलबारबाट सबै सेवाहरु नियमित प्रदान गर्ने भएको छ । कार्यालयले आज एक सुचना जारी गर्दै यसअघि कोभिड–१९ को जोखिम रहेको भन्दै नागरिकता र राहदानी सम्बन्धी सेवाहरु तोकिएको दिनमा आलोपालो माध्यमबाट दिँदै आएकोमा मंगलबारबाट सबै सेवाहरु नियमित प्रवाह गर्ने जनाउको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्धारा जारी सुचनामा आलोपालो माध्यमबाट दिने सेवा हटाइएको उल्लेख छ ।












