कपुर सेतो अथवा पारदर्शी ठोस पदार्थ रहेको हो । कपुर परापूर्वकाल देखि पूजा–आजा र आयुर्वे्दिक प्रयोजनमा प्रयोग हुँदै आएको हो । खाद्यान्न भण्डारणको लागि पनि कपुर लामो समय देखि प्रयोग हुँदै आएको छ ।
खाद्यान्नमा घून, किरा, कमिला इत्यादी नलागोस् भन्नको लागि बट्टामा कपुर राखेर खाद्यान्नको भण्डारमा राख्ने चलन धेरै पूरानो हो । कपुरको धेरै औषधीय गुण रहेका छन् । ढाड दुख्ने, दाँत दुख्ने, शरीरका खटिरा आदि–इत्यादी स्वास्थ्य समस्यालाई निको बनाउन कपुरको प्रयोग गर्न सकिन्छ। ढाड दुख्ने समस्या युवक देखि उमेर ढल्केका हरेकमा हुन सक्छ । ढाड दुखेको खण्डमा दुखाइ कम गर्न कपुरलाई प्रयोग गर्न सकिन्छ। ढाड दुखेको खण्डमा दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउन सकिन्छ। यी बाहेक कपुरलाई निम्न स्वास्थ्य समस्यामा पनि प्रयोग गर्न सकिन्छ ।
दम रोगमा
कपुरको प्रयोग दम रोगिहरुले पनि गर्न सक्छन् । एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुईदुई गोली तातो पानीसँग बिहानबेलुका सेवन गर्ने तथा तारपिनको तेल छातीमा लगाउनाले दम केहि महिनामै निको हुन सक्छ।
पुरानो खोकीमा
सूठो, पिप्ला र मरिच एकएक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एकएक गोली दिनमा तीनचार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।
खोकी लागेमा
साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।
आउँ बाथ भएमा
दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ ।
पुरानो बाथमा
एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।
निद्रा नलाग्नेमा, मुर्छा पर्ने रोगमा
फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुईदुई गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।
दाँत कीराले खाएमा
दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
हैजा लागेमा
हैजाले हातखुट्टा चिसो भएमा शुद्ध रक्सीमा कपुर मिलाएर एकएक चम्चा पानीमा हाली खान दिएमा हात गोडा तातेर आउँछ र हैजा ठीक हुँदै जान्छ ।
शीतपित्त भएमा
नरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले शीतपित्त ठीक हुन्छ अथवा नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।
जाडोले कामज्वरो आएमा
एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
दाद आएमा
पाँच भाग कपुर एक भाग गन्धक, मट्टितेलमा मिसाएर मलहम बनाउने र नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ ।