मकवानपुर – सहयोगापेक्षि सडक मानवहरुको उद्धार कार्यमा क्रियाशिल हेटौंडा–९ स्थित मानव सेवा आश्रमको व्यवस्थापनका विषयमा बुधबार हेटौंडाका विभिन्न सरोकारवालाहरुसंग छलफल गरिएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको सकृयातामा आश्रममा आश्रितहरुका लागि दैनिक आवश्यक खाद्यान्न, औषधि, लत्ताकपडा लगायत समस्या समाधान गर्ने विषयमा सरोकारवालासंग छलफल गरिएको हो ।

No description available.

बेसहारा, अपाङ्गता भएकाहरुलाई सडकपेटीबाटै उद्दार गरेर खाना, नाना र छानाको व्यवस्था गर्दै आएको मानवसेवा आश्रममा हाल खाद्यान्न, औषधि, लत्ताकपडागायत विभिन्न समस्या रहेको छ । आश्रमको केन्द्रिय कार्यालयमा उक्त सामग्रीको व्यवस्थापनका सन्दर्भमा प्रमुख खुलालले सरोकारवालाहरुसंग यसको दीर्घकालिन समाधान गर्ने विषयमा छलफल गर्नुभएको हो । सो अवसरमा उहाँले मकवानपुरका सबै मिलेर मानव सेवा आश्रमलाई सहयोग प्राप्त भईरहेको भए पनि कहिले काहि समस्या आउने हुँदा यसको दिगो समाधान खोज्नुपर्ने बताउनुभयो । प्रमुख खुलालले समाजमा विभिन्न परिस्थितिले विवश भई मागेर समेत खान नसक्ने व्यक्तिहरुको सेवामा जुटिरहेको मानवसेवा आश्रमलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । सो अवसरमा उहाँले सामाजिक उत्तरदायित्व स्वरुप आश्रमलाई सहयोग उपलब्ध गराउन सरोकारवालासंग अनुरोध समेत गर्नुभयो । छलफलमा सहभागिहरुले आश्रम मकवानपुरकै गहना भएकाले यसको उचित संचालन र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

No description available.

छलफलका क्रममा आश्रमकी अभियन्ता उमा भण्डारीले आश्रममा अहिले विषेश गरि खाद्यान्न र औषधिको समस्या रहेका बताउनुभयो । २०० जना आश्रित रहेको आश्रममा दैनिक १०० जना औषधि सेवन गर्नेहरु रहेको जस मध्ये ८० जना मानसिक रोगिहरु रहेको जानकारी दिनुभयो । दैनिक २०० जनाका लागि ६० कजी चामल, १० केजी दाललगायत तरकारीलगायत आवश्यक रहेको उहाँले बताउनुभयो । केन्द्रिय कार्यालयमा कहिले काँही अधिक समस्या हुने गरेको बताउनुहुँदै अन्य शाखाहरुबाट ल्याउने गरिएको समेत जानकारी दिनुभयो । यसको दिगो समाधान गर्न सके संचालनमा सहजता हुने उहाँको भनाई थियो ।

No description available.

छलफलमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, उद्योगसंघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, हेटौंडा–११ का वडा अध्यक्ष एवम् नारायणि यातायात कम्पनी लिमिटेडका अध्यक्ष गोकर्ण पराजुली, पुरानो नारयणि यातातात कम्पनी लिमिडेडका बद्री प्रसाद चौलागाई, प्रणामि सेवा समाजका अध्यक्ष विष्णु खतिवडा, गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटा, बैंकर्स एसोसियसनका रामकुमार श्रेष्ठ, अपर्ण सन्जेल, नेपाल खाद्यान्न व्यवसािय संघका बिजय सागर श्रेष्ठ, हेटौंडा लेडि जेसीजकी अध्यक्ष प्रतिमा श्रेष्ठ, तरकारी व्यवसायि संघका गोविन्द दाहाललगायतको सहभागिता थियो ।