मकवानपुर– विजयादशमी, शुभदीपावली तथा छठ पर्वलगायत सम्पुर्ण चाडपर्वका अवसरमा जिल्ला समन्वय समिति मकवानपुर (जिसस) ले मंगलबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्ष्तामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले विकृतिरहित ढङ्गले चाडवाड मनाउनुपर्ने बताउनुभएको छ । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सुसंस्कृत, विकृतिरहित चाडपर्व मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलले संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको समेत संरक्षण हुने बताउनुभएको छ । नेपाल सांस्कृतिक र धार्मिक हिसाबमा सम्पन्न रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । मुख्यमन्त्री पौडेलले प्रदेश नम्बर ३ देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत राजधानी रहेको बताउँदै बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भए पनि एकअर्काबीच सद्भाव, सम्मान र समभावका कारण नेपाली–नेपालीबीचको बलियो एकता रहेको बताउँदै सबै नेपालीमा शुख शान्तिको कामना गर्नुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले दशै, तिहार लगायत सम्पुर्ण चार्ड पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले सहभागि सबैमा शुभकामना व्यक्त गर्दै खुसी पूर्वक दशै मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं अर्थ समिति सभापति कृष्ण प्रसाद दहाल, राष्ट्रिय सभा सदस्य एवम् सरकारी आश्वासन तथा प्रत्यायोजीत समितिका सभापति रामनारायण विडारी, राष्ट्रय सभा सदस्य रामचन्द्र राई, प्रदेश सभा सदस्य कुमारी मोक्तान, जुनेली श्रेष्ठ, हेटौंडा उपमहनागरपालिकाका मेयर हरिबहादुर महत, गाउँपालिकाका अध्यक्षहरु, बिभीन्न मन्त्रालयका सचिवहरु, राजनीतिक दलका नेताहरु, प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, सरकारी कार्यालयका प्रमुखहरु, नागरिक समाज, ट्रेड युनियन, पत्रकारलगायत सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।