मकवानपुर- ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरका पत्रकारहरुसंग दशैंको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।
पत्रकारहरुसंगको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री पौडेलले फजुल खर्च गरेर चाडपर्व नमनाउन आग्रह गनुभएको छ । पत्रकारहरुलाई शुभकामना दिदैं उहाँले सरकारले गरेका राम्रा कामलाई प्रचारप्रसारमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारका राम्रा कामका बारेमा जनतामाझ पु¥याउन आग्रह गर्नुभयो । मुख्यमन्त्री पौडेलले सरकारलाई गाली गर्ने र नकरात्मक कुरा गर्ने प्रवृति रोक्नमा पत्रकारको महत्वपुर्ण भुमिका हुने भन्दै पत्रकारले यस्तो कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेश सरकारले जनताले अनुभुति पाउने खालको काम गरेको भन्दै सरकारका राम्रा कामको प्रचार प्रुसार गरेर सकारात्मक संदेश दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश ३ का प्रमुख मुख्य सचिव तोयम राय, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टलगायत विभिन्न संचार माध्यमका पत्रकारहरुको सहभागिता थियो ।