मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश सरकारले गरेको कामको उपलब्धीहरु जनताले महशुस गर्न थालेको बताउनुभएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ५, स्थित ज्यामिरे खोलामा निर्माण गरिएको पक्की पुलको शनिबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले जनताले महशुस गर्ने गरि काम गरेको बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकास निर्माणको कामलाई गति दिएको र जनताले विकासको महसुस गर्न थालेको बताउनुभयो । प्रदेश सरकारले हालसम्म ६२ वटा पुल र चार सय किलोमिटर पक्की सडक निर्माण गरेको भन्दै उहाँले प्रदेश सरकारको भौतिक विकासको कामले गति लिएको बताउनुभयो । बिकास भनेको एकै रातमा नहुने वताउनुहुँदैे उहाँले विकास निरन्तर चलिरहने प्रकृया भएको समेत बताउनुभयो ।

गाउँपालिका, संघीय सरकार र प्रदेश सरकारको ३ करोड ११ लाख रुपैयाँ लागतमा पुल निर्माण भएको हो । संघिय सरकारबाट ८९ लाख ६४ हजार ३१९, प्रदेश सरकारबाट ३० लाख अनुदान र गाउँपालिकाको आन्तरीक श्रोतबाट २ करोड १८ हजार १६९ गरी कुल ३ करोड १९ लाख ८२ हजार ४ सय ८८ रुपैँया लागतमा निर्माण भएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुँमागाईले बताउनुभयो । निर्माण भएको पुलको लम्बाइ २६.६५ मिटर र चौडाइ ७.२० मिटर छ । पुल निर्माणपछि गाउँपालिकाका वडा नम्बर ५ र ६ का बासिन्दा लाभान्वित भएका छन् ।