file photo

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई प्रवेश पत्रका आधारमा तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रालयले आज सचिव स्तरीय निर्णय गरी परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई तत्काल कोरोना विरुद्धको खोपको पहिलो मात्रा उपलब्ध गराउने निर्णय गरेको हो ।
मन्त्रालयले आजै विद्यार्थीहरूलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउन सबै जिल्ला खोप समन्वय तथा अनुगमन समितिलाई निर्देशन दिइसकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोख्रेलले जानकारी दिनुभयो । विद्यार्थीहरूलाई उपलब्धताका आधारमा एक्ट्राजेनिका वा भेरोसिल मध्ये कुनै एक खोप दिने र खोप दिने मिति तथा खोप केन्द्र निर्धारण गर्ने जिम्मेवारी जिल्ला खोप समन्वय तथा अनुगमन समितिलाई दिइएको छ ।