हेटाैंडा– मकवानपुर उद्योग वाणिज्य संघको आसन्न ५४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा राजकुमार न्यौपानेको नेतृत्वमा ४ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार साझँ हेटौंडाको मोटल एभोकाडो होटलमा व्यवसायीहरुका माझ न्यौपानेको नेतृत्वको टोलीले उम्मेदवारी घोषणा गरेका हुन् ।
हेटौँडामा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष पदमा राजकुमार न्यौपाने, वाणिज्यतर्फको उपाध्यक्षमा रामप्रसाद न्यौपाने, उद्योगतर्फको उपाध्यक्षमा प्रतिमा श्रेष्ठ, एशोसियटतर्फको उपाध्यक्षमा उज्वल चौँलागाई र वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारीले उम्मेदवारी घोषणा गरेका हुन् । उक्त चुनावी समूहको अन्य पदहरु भने पछि सार्वजनिक गरिने जनाइएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष एवम् पूर्व केन्द्रीय सदस्यसमेत रहेका राजकुमार न्यौपानेले आफ्नो उम्मेदवारी व्यवसायिक हितका लागि बताए ।