सांकेतिक तस्विर

मकवानपुर – मकवानपुरमा खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका–८ शान्तिपुरका १० बर्षीय सागर सारुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो घर नजिकैको खोलाको बगरमा भएको खाल्डोमा जमेको पानीमा पौडि खेल्ने क्रममा सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । बालकको मृत्यु भएपछि स्थानीयहरुले बुधबार कालिका कन्ट्रक्सन प्रा.लि.मा तोडफोड गर्नुका साथै एउटा सवारीमा आगजनी समेत गरेका छन् । कन्ट्रक्सन कम्पनीले जथाभावी रुपमा खाल्डो खनेर छाडेका कारण सोही खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको भन्दै स्थानियहरुले कालिका कन्ट्रक्सन प्रा.लि.ले संचालन गरिरहेको एक बोलेरो गाडीमा आगजनी गरेका हुन् । आगजानी र ताडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।