सांकेतिक तस्विर

मकवानपुर – पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा मानव कंकाल फेला परेको छ । बकैया गाउँपालिका–४, स्थित गुराँस सामुदायिक वनमा मानव कंकाल फेला परेको हो ।
सामुदायीक वनमा मानव कंकाल (हड्डी) फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता रिमालले जानकारी दिनुभयो । वनमा घाँसदाउरा गर्न गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।