हेटौडा – हेटौडा ९ स्थित श्री प्रगती माविको व्यवस्थापन समितिको अध्यक्षमा प्रदिप पराजुली सर्वसम्मतले चयन हुनुभएको छ। गत पुस ७ गते सम्पन्न साधारण सभाबाट निर्वाचित ४ जना अभिभावक सदस्यको आज बसेको बैठकले पराजुलिको अध्यक्षतामा सर्वसम्मतले समिती चयन गरेको हो ।
९ न वडा अध्यक्ष लक्ष्मण भन्डारिको अध्यक्षतामा बसेको बैठकले रिता कुवर, सुरेश मिजार, नारयणी पराजुलिलाई सदस्यमा चयन गरेको छ । मनोनित सदस्यहरुमा सीता अधिकारी र ज्ञानेन्द्र अधिकारि रहेका छन । यस्तै शिक्षक प्रतिनिधिमा प्रअ निरन्जन ढकाल र कमल पाल अधिकारी रहनुभएको छ ।











