काठमाण्डौ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भइरहेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन।
एमाले एकताका लागि बनेको कार्यदलले जुटाएको १० बुँदे सहमतिको आधारमा एमालेले २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ । दशौं केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया सुरू भएको एमालेले जनाएको छ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नु अगाडि एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो ।