बलिउड नायिका कंगना रनावतले काम नभएपछि आफूले करको आधा रकम पनि तिर्न नसकेको उल्लेख गरेकी छिन् । सामाजिक संजालमार्फत उनले पहिलो पटक आफ्नो जिन्दगीमा यस्तो परिस्थिती आएको उल्लेख गरेकी छिन् ।
कंगनाले आफू बलिउडमा सर्वाधिक धेरै कर तिर्ने नायिका भएको दाबी गर्दै पहिलो पटक करको आधा हिस्सा रकम तिर्न पनि समस्या भएको बताएकी छिन् ।कंगनाले लेखेकी छिन्–‘म सबैभन्दा बढी कर तिर्ने नायिका हुँ । मैले आफ्नो आम्दानीको ४५ प्रतिशत कर तिर्ने गरेकी छु । तर, काम नभएको कारण मैले गतबर्षको करको आधा रकम पनि तिर्न सकेकी छैन । जिवनमा पहिलो पटक मैले कर तिर्न ढिलाई गरेकी हुँ । व्यक्तिगत रुपमा हाम्रो लागि यो कठिन समय हुनसक्छ । तर, एकसाथ हुँदा हामी समय भन्दा पनि बलवान छौं ।’ नायिका कंगना रनावत पछिल्लो समय चलचित्रका कारण भन्दा पनि आफ्नो विवादित बयानका कारण बढी चर्चामा छिन् । नायक सुशान्त सिंह राजपुतको निधन भएपछि कंगनाका बयानले निरन्तर मिडियामा चर्चा पाइरहेका छन् । उनले, बलिउड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्नेहरुको विरुद्ध निरन्तर आक्रोश पोख्दै आएकी छिन् ।