मकवानपुरको मनहरी गाउँपालिकामा जङ्गली हात्तीले दुई घरमा क्षति पुर्‍याएको छ । मनहरी गाउँपालिका ८ सिमपानीस्थित टल्के चेपाङको ढुङ्गा माटोले बनेको एक तले घर पूर्णरुपमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै उक्त हात्तीले आइतबार स्थानीय रामबहादुर तामाङको गोठ आंशिक रुपमा क्षति बनाएको छ । प्रहरीको अनुसार उक्त स्थानमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोली, प्रहरी र स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको भने मानवीय क्षति भएको छैन ।