मकवानपुर — मकवानपुरमा थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा हाल ६ सय ११ जना सक्रिय संक्रमित उपचाररत रहेको जसमध्ये ५ सय ४७ जना होम आइसोलेसनमा र ६४ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यलयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण थप एक जना संक्रमितको मृत्यु भएको छ । बागमती गाउँपालिका वडा नम्बर ५ का ७२ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कार्यलयका अनुसार उहाँलाई असार २४ गते कोरोना पुष्टि भएको र असार २५ गते उपचारको हेटौंडा अस्पताल भर्ना गरिएको थियो ।