मकवानपुर – मकवानपुरमा थप ७५ जना कोरोना भाईरस सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट ७१ जना र संस्थागत आईसोलेसनबाट ४ जनागरी ७५ जना संक्रमणमुक्त भएका हुन् । योसंगै जिल्लामा हालसम्म ११ हजार १५२ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ३८ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । ९५ जनाको पिसिआर र ५२ जनाको एन्टिजेन गरी जम्मा १ सय ४७ जनाको परिक्षण गर्दा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । योसंगै जिल्लामा हालसम्म ११ हजार ९४९ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएकोे छ । जिल्लामा हाल ६ सय ६४ जना सक्रिय सङ्क्रमित रहेको तथा कारोनाकै कारण मकवानपुरमा हालसम्म एक सय ३३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।