सुन चाँदीको मुल्य आज सामान्य घटेको छ । आज सुनको मुल्य तोलामा २ सय रुपैयाँ सस्तो भएको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मुल्य तोलामा १३ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।