अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहान कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले एकरएक गोल गरेका थिए ।
अर्जेन्टिनाका रोड्रिगो डी पाउल भने गोल गर्न चुके । यसअघि खेलको सातौं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । कोलम्बियाले भने खेलको ६१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । अर्जेन्टिनाले अब उपाधिका लागि ब्राजिलसँग खेल्नेछ ।