file photo

एसियन फुटबल महासङ्घले सन् २०२२ मा इन्डोनेसियामा हुने एएफसी यु १७ महिला एसियन कप र सन् २०२२ मा उज्बेकिस्तानमा हुने एएफसी यु २० महिला एसियन कपलाई रद्द गरेको छ । एएफसीको कार्यसमितिको बैठकले दुवै प्रतियोगितालाई रद्द गर्ने निर्णय गरेको हो ।
युवा खेलाडीको स्वास्थ्य सावधानीका कारण दुवै प्रतियोगितालाई नगर्ने निर्णय गरेको बताएको छ । अब दुवै प्रतियोगिता सन् २०२४ मा मात्र हुनेछन् र आयोजक देश भने समान रहनेछन् । यस्तै सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपका लागि छनौट प्रतियोगिताको मिति पनि केही खुकुलो बनाउने बताएको छ । अहिलेको तालिका अनुसार छनौट सेप्टेम्बर १३ देखि २५ सम्म राखिएको छ । तर धेरै जस्तो देशले कोभिडको नियम कडा परेपछि यसमा केही परिवर्तन हुनसक्ने बताइएको छ । यसका लागि एएफसीले प्रतियोगिता खेल्ने देशलाई नै छनौटको मिति मिलाउन भनेको छ । यस्तै सन् २०२० मा कुवेतमा हुने भनिएको एएफसी महिला फुटसल च्याम्पियनसिप र २०२१ मा हुने यु २० फुटसल च्याम्पियनसिपलाई पनि रद्द गर्ने निर्णय गरेको छ । कुवेतमा हुने एएफसी फुटबलको छनौटका मिति पनि परिवर्तन गरिएको छ । यसअघि २०२१ को अक्टोबर १३ बाट २५ सम्म हुने भनिएको प्रतियोगिता अब २०२२ को अप्रिल एकबाट १५ सम्म हुनेछन् । यस्तै अन्तिम प्रतियोगिता फेब्रुअरी १६ देखि २७ बाट सरेर सेप्टेम्बर २५ देखि अक्टोबर २० सम्म हुनेछन् ।