सांकेतिक तस्विर

मकवानपुर – मकवानपुर प्रहरीले ज्यान मार्ने मुद्दामा फरार रहेका हेटौंडा उपमहानगरपालिका–१२ बस्ने २७ बर्षीय मिथुन तितुङलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको २०७७ माघ २८ गतेको फैसलाले ज्यान मार्ने मुद्दामा ५ बर्ष कैद सजाय तोकेको तितुङलाई प्रहरीले आइतबार हेटौंडा–२ बाट पक्राउ गरेको हो ।
तितुङलाई अदालतमा उपस्थिति गराएर बाँकी कैद भुक्तानको लागि भीमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो । यस्तै जिल्ला अदालत मकवानपुरको फैसलाले सवारी ज्यान मुद्धामा ९ दिन कैद सजाय र दुई हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेको हेटौंडा–९ को ४७ बर्षीय कमल पराजुलीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराएको प्रहरी प्रवक्ता दासले जानकारी दिनुभयो ।